भारतको गुजरातबाट १० दिनअघि नेपाल आएका दैलेखको दुल्लु नगरपालिकाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुल्लु नगरपालिका–११ खागीतडाका ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा सात पुगेको छ ।


