टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

दक्षिण अफ्रिका, २३ पुस २०७५ । दक्षिण अफ्रिकाले न्यूल्यान्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ ।

जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन एक घण्टाभित्रै पूरा गरेको थियो ।

उक्त जितसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार सातौं पटक शृङ्खला कब्जा गरेको छ । तीन टेस्टको यस शृङ्खलामा पहिलो टेस्ट अफ्रिकाले छ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि जोहानेसबर्गमा शुरु हुँदैछ ।

यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको पाकिस्तानले सबै विकेट गुमाई पहिलो इनिङमा १७७ र दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४३१ रन बनाएको थियो ।

 

  • 56Read This News:
  • 408047Total reads:
  • 221308Total visitors: