पोखरा वृद्धाश्रमलाई भारतीय नागरिकद्वारा सहयोग

कास्की, १३ मङ्सिर २०७३। पश्चिमाञ्चलको नमुना वृद्धाश्रमका रुपमा स्थापित पोखरा वृद्धाश्रमलाई भारतीय नागरिक दिवान कक्षकुमार दत्तले रु १ लाख आर्थिक सहयोग गर्नुभएको छ ।

भारतको नयाँदिल्ली घर भई पोखरामा बस्दै आउनुभएका उहाँले आप्mनी छोरी मलदत्त तलवारको स्मृतिमा वृद्धाश्रमलाई सहयोग गर्नुभएको हो ।

पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच दत्तले आश्रमका अध्यक्ष वसन्त केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

नेपाल सरकार, विभिन्न सङ्घसंस्था एवम् व्यक्तिहरुको सहयोगले वृद्धाश्रममा लगभग रु १ करोडको लागतमा पक्की नयाँ भवन निर्माण भइरहेको छ भने वृद्धाश्रमको सुरक्षाका लागि आवश्यक कम्पाउन्ड वाल लगाउन रु १ करोड खर्च लाग्ने आश्रमका अध्यक्ष पराजुली बताउनुहुन्छ ।

उहाँका अनुसार दाताहरुकै सहयोगले सञ्चालित वृद्धाश्रममा हाल समाजका गरिब, विपन्न एवम् असहाय वृद्धवृद्धा र उनीहरुका सेवकसेविका गरी कुल ६५ आश्रित रहेका छन् ।

 

  • 41Read This News:
  • 418045Total reads:
  • 230781Total visitors: