शेयर कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

काठमाडौँ, १३ मङ्सिर २०७३। नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ ।

कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो ।

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो ।

आइतबार २ पटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो ।

१ हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर १ हजार ४१६ बिन्दुमा पुगेको छ ।

 

  • 36Read This News:
  • 418065Total reads:
  • 230801Total visitors: