काठमाण्डौ टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकिराख्न नपाउने

काठमाडौँ, १ पुस २०७५ । काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ ।

सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

डङ्गोलका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ । डङ्गोलले भन्नुभयो, “रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ ।”

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

 

  • 21Read This News:
  • 458931Total reads:
  • 268476Total visitors: