टर्कीको राजधानी अङ्कारामा रेल दुर्घटनाहुँदा चारको मृत्यु ४३ घाइते

टर्की, २८ मङ्सिर २०७५ । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् ।

गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् ।

एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार सर्वसाधारणको मृत्यु हुनुका साथै ४३ घाइते भएको अङ्कारा राज्य गभर्नर भसिप साहिलले जानकारी दिनुभयो । सरकारले उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।

 

  • 26Read This News:
  • 407270Total reads:
  • 220572Total visitors: