उकालो लागेको शेयर बजार पुनः ओरालो

काठमाडौँ, २५ मङ्सिर २०७५ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.०८ विन्दुले घटेर ११४१.१० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ०.७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । त्यसमा वित्त ०.१ सात, उत्पादन १३.८१, अन्य ०.६२ विन्दुले बढेको छ । बैंकिङ २.६८, होटल १४.६८, विकास बैंक १.९३, जलविद्युत् ३.८, निर्जीवन बीमा २८.९, लघुवित्त १०.२५ र जीवन बीमा २५.७३ विन्दुले घटेको छ ।

घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् । मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

 

  • 42Read This News:
  • 407816Total reads:
  • 221083Total visitors: