रसियाका एक प्रहरीद्वारा ५६ जनाको हत्या

रसिया, २४ मङ्सिर २०७५ । रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।

यसअघि पनि उनले करिब २२ जना महिलालाई हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।

ती अधिकारीलाई सोमबार रसियाको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् ।

रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ ।

 

  • 47Read This News:
  • 408514Total reads:
  • 221759Total visitors: