चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण

काठमाडौँ, २३ मङ्सिर २०७५ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४.५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले शनिवार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका १ हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो ।

विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ ।

 

  • 20Read This News:
  • 408838Total reads:
  • 222065Total visitors: