तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ ।

मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।

 

  • 24Read This News:
  • 407049Total reads:
  • 220360Total visitors: