शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ, २३ असोज २०७५ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.५९ बिन्दुले घटेर १ हजार २१७.९३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३३ बिन्दुले घटेको छ । कारोवार मापक नेप्से परिसूचकसँगै कारोवार रकममा समेत गिरावट आएको स्टकले जनाएको छ । कूल १६० कम्पनीको १० लाख १८ हजार ७९ कित्ता शेयर रु ३४ करोड ३२ लाख ९४ हजार ४३० मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । अन्य समूह ११.६९ बिन्दुले बढ्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ३.८९, होटल २१.४३, विकास बैंक १.३८, जलविद्युत् १२.८२, वित्त १.१, निर्जीवन बीमा ३७.६४, उत्पादन ११.८३, माइक्रोफाइनान्स ७.६२ र जीवन बीमा १८.६३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, इलोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सका शेयरधनीले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले भने आज गुमाएका छन् ।

 

  • 48Read This News:
  • 405027Total reads:
  • 218465Total visitors: