भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो

भारत, १९ असोज २०७५ । भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटाएको मुल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मुल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो ।

देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने १ रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताउनुभयो । त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैया घटाउने भएका छन् ।

त्यसैगरी तेलको मुल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाउनु भएको छ ।

उहाँका अनुसार प्रदेशमा त डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैया सम्म पनि मुल्य घट्न सक्नेछ ।

भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।

 

  • 39Read This News:
  • 532428Total reads:
  • 335328Total visitors: