जलेश्वर कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु

महोत्तरी, ४ असोज २०७छ । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो ।

हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयोे ।

महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए ।

 

  • 34Read This News:
  • 510494Total reads:
  • 313755Total visitors: