सन्तानको दीर्घायुको कामना गरी मनाइने जितिया महोत्सव विराटनगरमा मनाइयो

मोरंग, ४ असोज २०७३ । जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो ।

आउँदो बिहीबारदेखि विधिवतरुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् ।

उक्त कार्यक्रममा गीत–सङ्गीत, नाचका साथै प्रहसन र नाटकसमेत प्रदर्शन गरिएका थिए ।

अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष वसुन्धरा झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था, दुहवीकी केन्द्रीय अध्यक्ष भगवती चौधरी, सङ्घीय समाजवादी फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादव, पूर्वसांसद जयराम यादव र मैथिली सेवा समितिका उपाध्यक्ष फूलकुमार देवलगायतले जितिया पर्वको महत्वका साथै पर्वको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

 

  • 96Read This News:
  • 480389Total reads:
  • 287864Total visitors: