कैलाली, १६ भाद्र २०७५ । कैलाली जिल्लाको गोदावरी नगरपालिका ९ धनचौरी खटिया नदीमा शनिवार एक्कासी आएको बाढिको कारण नदीको बीच भागमा फसेका दुई जनाको शसस्त्र प्रहरी वलका टोलीले सकुशल उद्वार गरेको छ ।
स्थानीय ४० वर्षिया जानकी बोहोरा र वर्ष ४२ की पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला एक्कासी परेको पानीको कारण नदीमा बाढि आएपछि उनीहरु टापुमा अलपत्र परेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा आवश्यक उद्वार सामाग्रीसहित एपीएफ टोली त्यसठाउँमा खटिएको थियो ।
– अजय छतकुली, सशस्त्र प्रहरी नायव उपरीक्षक


