बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्मारका राष्ट्रपति काठमाण्डौमा

काठमाडौँ, १२ भाद्र २०७५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आइपुग्नुभयो ।

राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । राष्ट्रपति विनलाई म्यान्माका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यान्माका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

 

  • 43Read This News:
  • 404735Total reads:
  • 218194Total visitors: