कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह

मोरङ, ३१ साउन २०७५ । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिनुभयो ।

रु ५ करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा रु ५ करोड ६३ लाख ८२ हजार असुली गरेको छ । गत आवमा रु ७ करोड २४ लाख ७२ हजार खुद आम्दानी गरेको सो बैंकले जनाएको छ । बैंकमा ८ सय ८ ऋणी तथा ३ हजार ८ सय निक्षेपकर्ता रहेका छन् ।

 

  • 61Read This News:
  • 532134Total reads:
  • 335047Total visitors: