ताइवानको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु

ताइवान, २८ साउन २०७५ । ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् ।

ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा ९ तले सरकारी अस्पतालको सातौँ तलाबाट शुरु भएको आगलागीपछि अस्पताललाई खाली गरिएको छ ।

आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना विरामीलाई हृदयघात भएको थियो भने ७ जना उपचारपछि सामान्य अवस्थामा आएका छन्, सरकारी समाचार संस्थाले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताउनुभयो ।

आगलागीको कारण अस्पतालको विद्युतीय खाट वा विरामी कुरुवाले प्रयोग गर्ने हावा भर्ने विद्युतीय तन्नामा गडबडीका कारण भएको हो अनुसन्धान भइरहेको छ, चेनले भन्नुभयो ।
स्थानीय समयानुसार सोमवार बिहान ४ः३६ बजे न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो ।

 

  • 41Read This News:
  • 532190Total reads:
  • 335103Total visitors: