इन्डोनेसियामा शक्तिशाली परकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

इन्डोनेसिया, २५ साउन २०७५ । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।

यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ ।

यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिनु भएको छ ।

उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १६४ पुगेको यसअघि जानकारी दिइएको थियो ।

 

  • 36Read This News:
  • 472626Total reads:
  • 281212Total visitors: