पोखरा उपमहानगरपालिकाका २९ वटै वडा प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा

kf]v/fdf Knfl:6s emf]nf lgif]w kf]v/f pkdxfgu/kflnsfdf Knfl:6s emf]nf / lunf; lgif]w ug{ a'waf/ kf]v/fdf cfof]lht 3f]if0ff ;efdf ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqfnosf ;lrj s]bf/axfb'/ clwsf/Lnufot . tl:a/ M lgdbQ ;'j]bL, kf]v/f, /f;;

कास्की, २४ कात्तिक २०७३। पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गर्नुभयो ।

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर पार्ने तथा प्राकृतिक र वातावरणीय प्रदूषण बढाउने भएकाले उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने उद्देश्यले सो अभियान सुरु गरेको हो ।

उपमहानगरपालिकाले ती वस्तु फेला पारे स्थानीय स्वायत्त ऐनअनुसार उनीहरुको कसुर हेरि रु ५ हजारदेखि रु १५ हजारसम्म जरिवाना गर्ने जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, फेदि र स्याङ्जाको सिमानामा पनि अनुगमन टोली खटाइ यसको नियन्त्रणमा कडाइ गरिने बताइएको छ ।

 

  • 49Read This News:
  • 459730Total reads:
  • 269231Total visitors: