अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई

टर्की, १९ साउन २०७५ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताउनुभएको छ ।

वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताउनुभयो ।

“ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक विवाद आर्थिक आयामका लागि दुवै पक्षलाई हानिकारक सिद्ध हुनेछन्,” एर्दोगानले टेलिभिजनमार्फत गरेको सम्वोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “यसले दुई मुलुकको विवादलाई थप सङ्कटग्रस्त बनाउनसक्ने देखिएको छ ।”

 

  • 62Read This News:
  • 458643Total reads:
  • 268204Total visitors: