कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा काम लगाइदिने भन्दै ८८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ २०७५ । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

 

  • 40Read This News:
  • 459328Total reads:
  • 268848Total visitors: