शैलेश पहारीको मृत्युका कारण पोखरामा प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

कास्की, २३ कात्तिक २०७३। नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।

गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताउनुभयो ।

पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ ।

 

  • 52Read This News:
  • 417373Total reads:
  • 230129Total visitors: