तहल्का ट्राभल्सपछी ब्यास ट्राभलको “भक्तपुर-पोखरा” सिधा बस सेवा शुरु

भक्तपुर, ११ साउन २०७५ । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो ।

उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा लैजाने तथा पोखराबाट पर्यटकलाई भक्तपुर ल्याउने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्न सकिने चर्चा गर्दै नगरप्रमुख थापाले नगरपालिका पर्यटन व्यवसायीसँग पर्यटन विकासको मामिलामा हातेमालो गरेर अगाडि जान तयार रहेको बताउनुभयो ।

bhaktapur bus

सेवा उद्घाटन गरेलगत्तै स्वदेशी तथा विदेशी यात्रु बोकेर पोखराको लागि बा १ प १३६३ नंको पहिलो बस सूर्यविनायकबाट गुडेको थियो । ब्यास ट्राभल एण्ड टुर प्रालिले पहिलो पटक भक्तपुरबाट पोखरा सिधा सब सेवा सञ्चालन गरेको हो ।

अब दैनिक बिहान ६ः३० बजे सूर्यविनायकबाट पोखराको लागि बस गुड्ने र सोही समयमा पोखराबाट अर्को बस भक्तपुरका लागि गुड्ने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिनुभयो । भक्तपुरबाट पोखराका लागि दुई वटा बस सञ्चालनमा ल्याएको बताउँदै उहाँले यात्रुको संख्या बढेमा अरु बस थप गर्दै लैजाने बताउनुभयो ।

बसभित्रै शौचालय, वाइफाइलगायतको सुविधा सम्पन्न बसले प्रतियात्रु रु ८०० को टिकट निर्धारण गरेको छ । बस सूर्यविनायकबाट छुटेर यात्रु लिँदै कोटेश्वर, बानेश्वर, माइतीघर, ठमेल, सोह्रखुट्टे, कलंकी हुँदै पोखरा जाने छ ।

प्रालिका सञ्चालक आशुतोष प्रधानले भक्तपुरदेखि बन्दीपुर र पोखरासम्मको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बस सेवाले टेवा पु¥याउने बताउनुभयो ।

यस गघि तहल्का ट्राभल्सले नियमित रुपमा भक्तपुर पोखरा सिधा वससेवा सञ्चालन गरिरहेकोछ ।

 

  • 48Read This News:
  • 458885Total reads:
  • 268436Total visitors: