चीन, ११ साउन २०७५ । चीनको बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।
चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन । अमेरिकी भिसाका लागि आवेदन दिने व्यक्तिहरु अन्तर्वार्ताका लागि लाम लाग्ने स्थानमा यो बिस्फोट गराइएको छ ।
बिस्फोटमा संलग्न व्यक्ति चीनको मंगोलिया क्षेत्रका निवासी हुन् । प्रहरीका अनुसार जियाङ नामका ती व्यक्तिलाई लागेको चोट त्यति गम्भीर किसिमको भने छैन ।
बिस्फोट लगत्तै सामाजिक सञ्जालमा राखिएको भिडियोमा राजदूतावासको पर्खाल बाहिर धुँवा देखिएको छ, र त्यहाँ चिनीया सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
बेइजिङ नजिकैको बाहिरी इलाकामा यो घटना भएको छ, र यस क्षेत्रमा संयुक्तराज्य अमेरिका, भारत र इजरायल समेत धेरै मुलुकका दूतावासहरु रहेका छन् ।


A 26-year-old Chinese man set off a small explosive device outside the US embassy in Beijing on July 26, injuring his hand in the blast before he was taken into custody, police said. / AFP PHOTO / Greg BAKER


