गोल्डकोस्ट तेक्वान्दो खेल्न नेपाली टोली अष्ट्रेलियातर्फ

काठमाडौँ, ९ साउन २०७५ । गोल्डकोष्ट खुला तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको गोल्डकोस्ट प्रस्थान गरेको छ ।

यही साउन १२ गतेदेखि हुने उक्त प्रतियोगितामा सोर्मुलाबाबु मिया, विकास बिँंडारी, विधान श्रेष्ठ, दीपेश खत्री, प्रनीश गुरुङ र पारस भण्डारीले ग्योरोगीतर्फ प्रतिस्पर्धा गर्नेछन् । टोली प्रशिक्षकमा बब्लु शिवाकोटी, व्यवस्थापकमा राजीव महर्जन र निर्णायकमा अर्जुनभक्त राई ।छन् ।

टोलीलाई सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत राष्ट्रिय टोली तयारीका निर्देशक अर्जुन विकले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

 

  • 72Read This News:
  • 484511Total reads:
  • 289857Total visitors: