गर्भवतीलाई पोषण आहार

महोत्तरी, ८ साउन २०७५ । बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु गरेको छ ।

बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवतीलाई जनही १५ किलो चामल, ५ किलो गेडागुडी, १ पाउ घ्यू र शुद्ध पानीका लागि १–१ थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

नगर प्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवतीलाई पोषण सामग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । “हरेक बार खाना चार” मूल उद्देश्यका साथ गर्भवती र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो ।

 

  • 34Read This News:
  • 484046Total reads:
  • 289584Total visitors: