अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको दुइदिने भ्रमणमा

From left, first lady Melania Trump, President Donald Trump, British Prime Minister Theresa May, and her husband Philip May.

बेलायत, २९ असार २०७५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ ।

उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ ।

ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उहाँको व्यापक विरोध भएको छ ।

दशौँ हजार प्रदर्शनकारीहरूले उहाँको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

 

  • 31Read This News:
  • 485414Total reads:
  • 290356Total visitors: