प्रमुख निर्वाचन आयुक्त डा यादवद्वारा जिल्ला निर्वाचन कार्यालय भवन उद्घाटन

गाईघाट, २२ असार २०७५ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गर्नुभएको छ ।

भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताउनुभयो ।

आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा यादवले बताउनुभयो ।

विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो ।

रु १ करोड २२ लाख ६८ हजार २७५ को लागतमा ३ तलाको उक्त भवन निर्माण भएको हो ।

१४ कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताउनुभयो ।

 

  • 32Read This News:
  • 486806Total reads:
  • 291381Total visitors: