इन्डोनेसियामा फेरि दुर्घटनामा परी १२ को मृत्यु

Photo source: abcnews.go.com

इन्डोनेसिया, २० असार २०७५ । इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । दुर्घटनामा परेका अरू १२५ जनालाई भने उद्धार गरिएको छ ।

इन्डोनेसियामा २ हप्ता अगाडि १६० जना बेपत्ता हुनेगरी यस्तै अर्को दुर्घटना भएको थियो । यस्ता दुर्घटना इन्डोनेसियामा बेला बेलामा भइरहने र वर्षेनी हजारौँको ज्यान जाने गरेको छ ।

 

  • 38Read This News:
  • 459623Total reads:
  • 269129Total visitors: