अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

अमेरिका, २० असार २०७५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढीरहेको बताउनुभएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिनुभयो ।

सिंगापुरमा गत महिना भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिका र उत्तर कोरियाका बीचमा विभिन्न चरणमा संवादको क्रम चलिरहेको छ ।

“उत्तर कोरियासँगका धेरै राम्रा छलफलहरू सकारात्मक तरिकाले अगाडि बढीरहेका छन्,” राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ ।

 

  • 26Read This News:
  • 459610Total reads:
  • 269116Total visitors: