थाइल्याण्डमा बाढीका कारण गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

थाइल्याण्ड, १९ असार, २०७५ । थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक ९ दिनपछि सोमबार फेला परेका छ ।

उनीहरु पानीमा फसेर रहेको दृश्य यहाँका टेलिभिजनहरुले देखाएका थिए । उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत ९ दिनदेखि हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए ।

गुफाभित्रै पानीले घेरिएको र एउटा सानो टापूजस्तो स्थानमा उनीहरु फेला परेका थिए । उनीहरुको उद्धारका लागि राष्ट्रिय सेनाको एक विशेष समूह लागिपरेको छ ।

ती बालक भेटिएको खबरले देशमा खुशियाली छाएको छ । ती बालकका आफन्तहरुले निकै खुशी भएको बताएका छन् ।

उद्धारकर्ताहरुले यो कार्य निकै कठिन भएको जनाएका छन् । तर सेनाको विशेष समूहले ती बालकलाई सकुशल उद्धारका लागि विशेष योजनाका साथ काम गरिरहेको बताइएको छ ।

 

  • 39Read This News:
  • 459419Total reads:
  • 268929Total visitors: