पहिरोले विद्यालय भवन जोखिममा

Photo:edainikpost.com

पाल्पा, १८ असार २०७५ । निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ ।

वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो ।

शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको मूल द्वार र पर्खाल पहिरोका कारण भत्किएको प्रधानाध्यापक केशबहादुर कालुङले बताउनुभयो ।

“लगातार वर्षा भए भवन भत्कने खतरा छ,” उहाँले भन्नुभयो ।

बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक फराकिलो गरिएपछि पहिरो खस्न थालेको हो । विद्यार्थीलाई अन्य भवनमा राखेर त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल एक सय १० विद्यार्थी अध्ययनरत छन् ।

 

  • 39Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: