हुण्डी कारोबारी पक्राउ

काठमाडौँ, १४ असार २०७५ । महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई वुधवार दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

 

  • 43Read This News:
  • 458897Total reads:
  • 268447Total visitors: