एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

File Photo

दक्षिण कोरिया, ५ असार २०७५ । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् ।

आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली बनाउने सहमति सोमबार गरेका हुन् ।

दुई देशका खेलकुद सम्बन्धी निकायका उच्च अधिकारीहरुको संयुक्त बैठकले खेलाडीहरुको संयुक्त टोली बनाउने निर्णय गरेको हो ।

सो प्रतियोगिताको उद्घाटन र समापन समारोहमा पनि दुई देशले संयुक्त प्रदर्शन गर्ने तय भएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियाको संस्कृति, खेल र पर्यटन मन्त्रालयले गत अप्रिल २७ तारिखका दिन भएको दुई कोरियाको पहिलो शिखर वार्तामा नै एसियन खेलकुदमा संयुक्त सहभागिताबारे सम्झौता भएको जनाएको छ ।

यसअघि गत फेब्रुअरीमा भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा पनि दुई देशले संयुक्त रुपमा प्रदर्शन गरेका थिए ।

 

  • 31Read This News:
  • 481472Total reads:
  • 288816Total visitors: