जापानमा ६.१ म्याग्निच्युडको भूकम्प, दुइको मृत्यु

टोकियो, ४ असार २०७५ । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।

सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ६.१ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्को एकजनाको पनि ज्यान गएको अनुमान गरिएको छ । तर पुष्टि भएको छैन ।

भूकम्पमा परी केही व्यक्ति घाइते भएका जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाले जनाएका छन् । उनले मृत्यु हुनेमा एकजना ८० वर्षीय बृद्ध र ९ वर्षिया बालिका रहेका बताइएको छ ।

सोमबार बिहानको व्यस्त समय सो भूकम्प गएको छ । उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

प्रमुख सचिव सुगाले भूकम्पमा परी २० जना स्थानीय घाइते भएका समाचार दाताहरुलाई बताउनु भएको छ । भूकम्प ६.१ म्याग्निच्युडको मात्र रहेको भए पनि धेरै गहिरोगरी यसको केन्द्रबिन्दु नरहेकोले क्षति हुन पुगेको बताइएको छ ।

स्थानीय प्रहरीका अनुसार ओसाका शहरको उत्तरमा पर्ने ताकात्सुकि इकामा एक ९ वर्षीया बालिकाको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ६.१ म्याग्निच्युडको मापन गरिएको सो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो ।

अर्का एकजना ८० वर्षीय बृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चार माध्यमले जानकारी दिएका छन् ।

अर्का एक व्यक्ति आफ्नै घरमा पुस्तक राख्ने दराजमा च्यापिएकोले उनको उद्धार जारी रहेको बताइएको छ । स्नाथीय समयाअनुसार सोमबार बिहान ८ बजे सो भूकम्प गएको बताइएको छ ।

Passengers wait for the bullet train "Shinkansen" to resume operation in Osaka on June 18, 2018 following an earthquake. A strong quake hit western Japan early June 18, but there were no immediate reports of major damage or risk of tsunami waves, officials said. / AFP PHOTO / JIJI PRESS / STR / Japan OUT

Passengers from a train walk along railroad tracks following an earthquake in Osaka on June 18, 2018. A strong quake hit western Japan early June 18, but there were no immediate reports of major damage or risk of tsunami waves, officials said. / AFP PHOTO / JIJI PRESS / STR / Japan OUT

Passengers descend from a train on the track after train service was suspended to check for damage following an earthquake in Takatsuki city, Osaka, western Japan, Monday, June 18, 2018. A strong earthquake knocked over walls and set off scattered fires around metropolitan Osaka on Monday morning. (Kyodo News via AP)

Smoke rises from a house blaze in Takatsuki, Osaka, following an earthquake Monday, June 18, 2018. A strong earthquake shook the city of Osaka in western Japan on Monday morning, causing scattered damage including broken glass and partial building collapses. There were no immediate reports of injuries. (Kyodo News via AP)

People wait for train service to resume following an earthquake in Osaka, Monday, June 16, 2018. A strong earthquake shook the city of Osaka in western Japan on Monday morning, causing scattered damage including broken glass and partial building collapses. (Junko Ozaki/Kyodo News via AP)

Firefighters check a house damaged by an earthquake in Ibaraki City, north of Osaka prefecture on June 18, 2018. A strong quake hit western Japan early June 18, but there were no immediate reports of major damage or risk of tsunami waves, officials said. / AFP PHOTO / JIJI PRESS / STR / Japan OUT

 

  • 94Read This News:
  • 532376Total reads:
  • 335279Total visitors: