ट्रम्प उन बीच वार्ता शुरु, आजै ट्रम्प स्वदेश फर्कने

सिंगापुर, २९ जेठ २०७५ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन विच सिंगापुरमा शिखर वार्ता भर्खरै शुरु भएको छ । उन र ट्रम्प एकआपसमा हात मिलाएपछि वार्ता कक्षमा प्रवेश गरेकाछन । ट्रम्प शिखर वार्ता सकिए लगत्तै अमेरिका फर्किनुहुने भएको छ ।

अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

ट्रम्प र किमबीच वार्ता सकिने वित्तिकै ट्रम्प सोही दिन स्थानिय समय अनुसार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नुहुने छ ।

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।

 

  • 25Read This News:
  • 417468Total reads:
  • 230224Total visitors: