अछाम, २९जेठ २०७५ । पेटेलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेविसंघ देश भर आन्दोलित भइरहेका बेला नेपाल विद्यार्थी संघ अछामले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय अछामलाई ज्ञापन पत्र बुझाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता नलिए संघले कडा अनदोलन गर्ने चेतवनी समेत दिएको छ । साथै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता लिन प्रमुख जिल्ला अधिकारी मार्फत सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गरेको छ । मूल्य वृद्धिको जनस्तरबाट विरोध हुँदै आएको र नेविसंघले मूल्य वृद्धिको चर्को विरोध गर्दै आएको छ ।
नेपाली कांग्रेसलेपनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई चेतावनी दिइसकेको छ । साथै नेवि संघ अछामका सभापती नृप साउँदले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा भनिएको छ वर्तमान सरकारले अहिले सम्म ५ पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामानमा चर्को वृद्धी गर्नुले जनजिविकाको सवालमा सरकार जिम्मेबार नएको र सरकार नागरीकका आवाजहरु दबाएर अधिनायकवाद तर्फ उन्मुख भइरहेको बताइएको छ । यस्ता बिभिन्न कारणले नेपाल विद्यार्थी संघ देश ब्यापिरुपमा मुल्य बृद्धि बिरुद्ध आन्दोलित भइ बिभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको नेवि संघ अछामका जिल्ला सचिब बम स्वारले जानकारी दिनु भयो ।
भवानी प्रसाद भण्डारी


