क्षमा याचना गर्ने अधिकार आफूमा निहित रहेको ट्रम्पको दावी

संयुक्त राज्य अमेरिका, २२ जेठ २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा लेख्नुभएको छ, “कैयौँ कानूनविदहरूले मलाई क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ तर मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने ?”

यसैबीच विभिन्न १३ जना डिमोक्रेट्स र अन्य पक्षका केहीले द्वन्द्व कहिल्यै नसकिने सम्दिग्ध व्यक्तिको खोजी गर्ने काम मध्य समयमा पुगेको छ । कानूनविदहरूले राष्ट्रपतिका रूपमा पाउने अधिकार अनुसार माफी माग्न पनि सक्ने अधिकार रहेको बताउने अमेरिकी इतिहासमा ट्रम्प नै पहिलो व्यक्ति भएको विश्वास गरिएको छ ।

राष्ट्रपति ट्रम्पका वकील रूडी गिलानीले आइतबार तर्क गर्नुभयोे, अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमा याचना गर्ने शक्तिको व्यवस्था गरेको छ तर यो गर्र्दा ‘कठीन’ राजनीतिक जटिलता देखिने हुन्छ ।

रूसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष अधिकारी रोवर्ट मुलरलाई लेखिएको पत्रमा राष्ट्रपतिका वकीलहरूले ट्रम्पले राष्ट्रप्रमुखका रूपमा चाहेमा उहाँले अनुसन्धानलाई खारेज गर्न वा क्षमा याचना गर्न सक्नुहुन्छ ।

 

  • 36Read This News:
  • 482034Total reads:
  • 288956Total visitors: