मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

लहान, १३ जेठ २०७५ । सिराहाको धनगढी नगरपालिका–३ स्थित सडकमा शनिवार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

स ८ प ५३६६ नं को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका १३ निवासी २५ वर्षीय अखलेशकुमार महतो पनि घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

  • 45Read This News:
  • 532212Total reads:
  • 335123Total visitors: