नक्सलवादी समूहद्वारा विष्फोटन गराउँदा भारतीय ५ प्रहरीको मृत्यु

भारत, ७ जेठ २०७५ । छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ्याएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ ।

नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट पाँच प्रहरीको निधन भएको, दुई घाइते भएको नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले बताउनुभयो ।

घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी वल खटाइएको उहाँले बताउनुभयो । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ ।

प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटन गराएको हुनसक्ने खुल्न आएको छ । तर अनुसन्धान जारी रहेकोले यसबारे बिस्तृत विवरण थप अनुसन्धानपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

 

  • 44Read This News:
  • 532134Total reads:
  • 335047Total visitors: