मेलानियाले प्रथम महिला बन्न साइबर अभियान थालिन्

93241840

अमेरिका, १९ कात्तिक २०७३ । अमेरिकी राष्ट्रपति पदका प्रत्याशी डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले अमेरिकाको प्रथम महिला हुन अनलाइन साइबर अभियान थालेकी छिन् ।

साथै, निर्वाचन प्रचारप्रसार अभियानमा विरलै मात्र देखिने गरेकी उनले अनलाइन साइबर अभियानमा भने “आफ्ना पति डोनाल्ड ह्वाइट हाउस पुगेमा अमेरिकी महिला तथा बालबालिकाका पक्षमा वकालती सेवामा लाग्ने” पनि बताएकी छिन् ।

मतदानको मिति आउनु एक हप्ताभन्दा कम समय अगाडि फिलाडेल्फियाको ग्रामीण क्षेत्रमा बिहीबार आयोजित मत याचना कार्यक्रम (गेट–आउट–द–भोट)लाई सम्बोधन गर्दै उनले “विशेष गरी बालबालिका तथा किशोरकिशोरीप्रति हाम्रो संस्कार अनुदार रहेकाले यसलाई परिवर्तन गरी यस संस्कारलाई नै बालबालिका तथा किशोरकिशोरीमैत्री बनाउनु अपरिहार्य रहेको” बताइन् ।

साथै वर्तमान सरकारप्रति ब्यङ्ग कस्दै “एउटी १२ वर्षकी निर्दोष किशोरी विद्यालय परिसरमै ख्यालठट्टा, धम्की वा दुव्र्यबहारको पात्र हुनुपर्ने कृयाकलाप बारम्बार दोहोरिइरहेको” उनले भनिन् ।

निर्वाचन प्रचारप्रसार अभियानभरी नै उनका पति ट्रम्पले दिएका बढ्तै आक्रामक र धम्कीपूर्ण अभिब्यक्तिलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले राम्ररी उछालेका थिए । यस विषयलाई इङिगत गर्दै उनले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले खतरा निम्त्याउने काम गर्ने हुन् भन्ने अभिव्यक्ति दिँदा धेरैलाई पचेन ।

अनलाइन साइबर अभियानमा सो सम्बोधन भाषणको क्रममा, ट्रम्पसँगको विवाह, आफ्ना छोराछोरीको गतिबिधि बारे चर्चा, आफू अमेरिकामा आप्रवासी भई बस्दाको अनुभवजस्ता नितान्त व्यक्तिगत मामिला पनि उनले खुलासा गरिन् ।

ट्रम्प महिलाप्रति अनुदार छन्, जहिले पनि महिलाहरुको न्यूनमूल्याङ्कन गर्छन् भन्ने आमजनधारणा पेन्सिल्भानिया तथा अन्य मुख्यमुख्य राज्यहरुमा तीव्ररुपमा विकशित हुँदै ट्रम्प विजयी हुने आशा घट्दै गएको भनी डेमोक्र्याटले दावी गरिरहेको छ ।

यसै सन्दर्भमा मेलानियाको सो सम्बोधन भाषण आफ्नो पतिको चरित्रबारे स्पष्टिकरण दिने खालको रहेको भन्ने टिप्पणी गरिएको छ ।

 

  • 48Read This News:
  • 458865Total reads:
  • 268419Total visitors: