सुपर मादी जलविद्युत् आयोजनाको लगानी स्वीकृत

कास्की, १ जेठ २०७५ । कास्कीको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सुपर मादी जलविद्युत् आयोजनामा रु ८ अर्ब ९ करोड ८१ लाख ५० हजार वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिएको छ । हिमाल हाइड्रोले निर्माण गर्न लागेको सो परियोजना ४४ मेगावाट क्षमताको हो ।

उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने क्रम बढेको छ । उहाँले भन्नुभयो, “प्रक्रिया पु¥याएर आएका सबै वैदेशिक लगानीलाई विभागले स्वीकृति दिने गरेको छ ।” यस्तै दूरसञ्चार सेवा प्रदायक युटिएल नेपाल र अर्घाखाँची सिमेन्टमा समेत वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिने प्रक्रियामा बोर्ड रहेको छ ।

आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म रु १ खर्ब ५० अर्ब ७९ करोडबराबरको लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । सो प्रतिबद्धताअनुसार लगानी भित्रिए १ हजार ६०८ जनाले रोजगारीको अवसर पाउने विभागले जनाएको छ ।

 

  • 49Read This News:
  • 532126Total reads:
  • 335039Total visitors: