अछामको ‘होमस्टे’ पर्यटकको पर्खाइमा

अछाम , १२ बैशाख २०७५ । खप्तड पर्यटन क्षेत्रलाई मध्यनजर गरी अछामको साँफेबगर नगरपालिका–१२ मा ‘एस नेपाल वेस्ट’ कार्यक्रमको सहयोगमा स्थापना भएका ५ वटा होमस्टे सञ्चालकहरु पर्यटको स्वागत सत्कार गर्न आतुर छन ।

खप्तड पर्यटन क्षेत्रको विकास गरी आर्थिक सुधार गर्ने उद्देश्यले निर्माण गरिएका विश्राम गृहमा स्थानी यस्तरमै पाईने विभिन्न खाना परिकारहरु पर्यटकहरुलाई खुवाउन आफू पर्यटकहरुको पखाईमा रहेको स्थानीय महिला गौरी कडायतले बताउनु भयो ।

पर्यटन प्रवद्र्धनका लागि होम स्टे स्थापना गरे पनि बाहिरबाट आउने पाहुनालाई राम्रो सेवा सुविधा दिन सडक र दोभाषेको आवश्यकता रहेको स्थानीय अगुवा हस्तबहादुर कडायतको भनाइ छ । खप्तड पर्यटन क्षेत्र विकास समितिलाई सरकारले बर्षे्नि केही बजेट विनियोजन गर्ने गरेको र विनियोजित बजेट खर्च गर्न अनुमति नदिने गरेको खप्तड पर्यटन विकास बोर्डका सदस्य अंग कडायतले बताउनु भयो ।

खप्तड क्षेत्र आसपासका नागरिकलाई सिपमूलक तालिम आयोजना गर्ने योजना भए पनि करिब डेढ बर्ष भईसक्दा पनि समितिको बैठक नै बस्न नसकेको र अहिले खप्तड कार्यकारी विहीन रहेको उनले बताएका छन । औसतमा खप्तड पर्यटकीय क्षेत्रमा दैनिक १० जना पर्यटकहरुको आवागमन हुने भएपनि अछामीले ती पर्यटकहरुलाई देख्न नै नपाउने विडम्बना रहेको खप्तड पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक यमराज कुँवरको भनाइ छ । प्रचार प्रसारगरी पर्यटकहरु बोलाउन, खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेकोे बताउनु भयो ।

चार जिल्लाको विचमा रहेको खप्तडलाई विकास गर्ने हो भने हरिद्वार, कासी जानु नपर्ने साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाको भनाइ छ । अछाम, डोटी, बझाङ र बाजुराको बीचमा रहेको खप्तडको विकासका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले नयाँ निती तथा कार्यक्रम ल्याउन आवश्यक छ । खप्तडको प्रचारप्रसार र निर्माण भएका होम स्टेको संरक्षणगरी बाह्य पर्यटकहरु भित्रयाउन सके रोजगारी सिर्जना हुनुका साथै आर्थिक स्थितिमा समेत सुधार हुने देखिन्छ ।

भवानी प्रसाद भण्डारी

 

  • 71Read This News:
  • 458863Total reads:
  • 268417Total visitors: