प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

भारत, २३ चैत २०७४ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने छ ।

 

  • 42Read This News:
  • 417402Total reads:
  • 230158Total visitors: