झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

नवलपरासी, १४ चैत २०७४ । पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।

हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।

प्रशासनिक काम, किनमेल र उपचारका लागि कावासोती आउनुपर्ने पहाडी भेगका स्थानीयवासीले आधा घण्टाको दूरीका लागि वर्षायाममा पहाडी भेगका स्थानीयवासीले डेढ घण्टा खर्चनु पर्ने अवस्था थियो ।

पुल बनेपछि उच्च शिक्षाका लागि बजार आउन र अन्य प्रशासनिक कामका लागिसमेत सहज भएको हुप्सेकोट–४ का टेकबहादुर मगरले जानकारी दिनुभयो ।

पुल नहुँदा वर्षायाममा बजारसँग पहाडी भेगको सम्पर्क नै टुट्ने गथ्र्यो । स्थानीय विकास मन्त्रालयअन्तर्गत कृषि सडक आयोजनाको रु ८५ लाखको लागतमा पुल निर्माण भएको हो ।

 

  • 230Read This News:
  • 459144Total reads:
  • 268685Total visitors: