आगलागीबाट एक घर, ६ गोठ जलेर नष्ट

पाल्पा, १ चैत २०७४ । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–५ दर्लमडाँडामा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ ।

जंगलबाट शुरु भएको आगलागीबाट एक घर, छ गोठ, एउटा भान्साघर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट छ घर आंशिक रुपमा क्षति पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।

वुधवार दिउँसोदेखि लागेको आगोले तीन वटा भैँसी, तीन वटा बाख्रा, १० कुखुरा, एक बंगुर गरी करिब रु ३२ लाख २० हजार क्षति भएको वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

सेना, प्रहरी र सशस्त्र प्रहरीसहितको टोली आगो निभाउन खटिएको थियो । तानसेन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको अध्यक्ष बस्यालले बताउनुभयो ।

 

  • 34Read This News:
  • 532020Total reads:
  • 334935Total visitors: