नेपालमा मोवाइलको IMEI नं दर्ता गर्ने तरिका

नेपाल सरकारले आउने २०७८ साल श्रावण देखी तपाइ हामीले प्रयोग गरिरहेको र नयाँ खरिद गर्ने मोवाइलको IMEI नंम्वर दर्ता नगरेमा नचल्ने निर्णय गरेको छ । र मोवाइलको IMEI नंम्वर रजिष्टर (दर्ता) गर्ने प्रकृया सार्वजनिक गरिसकेको छ ।

हामी यही दर्ता गर्ने प्रकृयाको बारेमा जानकारी दिदैछौ ।

सबैभन्दा पहिला नेपाल दूरसञ्चार प्राधिकरणको बेवसाइट www.nta.gov.np वा हाम्रो वेवसाइट www.nepalmediaonline.com मा जानुहोस । यो वेवसाइट खुल्ना साथ सबैभन्दा IMEI/ESN/MEID Registration बटन दिएकोछ वा नेपाल मिडिया अनलाइनको पनि तल Mobile IMEI online register बटन दिएको छ । त्यो क्लीक गर्नुहोस त्यसपछि तपाइलाई मोवाइलको IMEI नम्वर दर्ता गर्ने पेज खुल्छ । यो पेजको तल Know Your Device बटन क्लिक गरेर तपाइको मोवाइल दर्ता भएको छकी छैन भनेर हेर्न मिल्छ । यदी तपाइको मोवाइल रजिष्टर गरिएको छैनभने Sing up बटन क्लिक गरेर Individual Application बटन क्लिक गर्नुपर्छ र यसमा दिएको सम्पुर्ण विवरण भरेर Submit गर्नुपर्छ । यसको पुरा प्रकृयाको बारेमा जानकारी लिन यो भिडियो हेर्नुहोला ।

 

  • 196419Total reads: