घरधनी र डेरावाल जातिय समस्या

के तपाइलाई थाहा छ ?

नेपालका प्रधानमन्त्रीको रुपमा भिमसेन थापालाइ लिने गरिन्छ । तर यहाँहरुलाई अबस्यपनि थाहा होला थापा थर आर्यन समुदायको क्षेत्री बर्गमा पर्छ । यस्तै थापा थर मँगोल समुदायको मगर उपसमुहमा पनि पाइन्छ तर कति नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई थाहा नहुन सक्छ । थापा थर नेवार समुदायमा पनि पाइन्छ भनेर । यसको अर्थ बहुचर्चामा थापा थर आर्यन र मंगोल समुदायमा भएको धरैलाइ थाहा छ तर नेवार समुदायमा भएको कमैलाई मात्र थाहा होला ।

यसैगरी नेवार समुदाय र आर्यन समुदायमा पाउने सम थरहरु मल्ल, जोशी, सुवेदी, थापा, ओझा, भण्डारी अनि नेवार समुदाय र मधेशी समुदायमा पाइने सम थरहरु मिश्र, झा, सिंह आदी थुप्रैछन । तर यस्तो कसरी सम्भव भयो त ?

यो स्थान, भाषा, रहनसहन, परिवेश, बातावरणका कारण सम्भव भएको हामी पाउछौ । जस्तै पहिला काठमाण्डौ उपत्यका र यस आसपासको क्षेत्र नेवार समुदायको बाहुल्यता थियो । विस्तारै यो क्षेत्र देशको राज्य व्यवस्थाको केन्द्र बन्यो । विभिन्न काम बिशेषले मुलुकको विभिन्न भेगवाट काठमाण्डौमा बसाइ सर्दै आउदा यस क्षेत्रमा बस्ने अन्य समुदायको परिवार विस्तारै अही क्षेत्रको भाषा, रहन सहन, खानपिन, गर्न थालेपछी थर सहित नेवार समुदायमा समाहित भएको अनुमान लगाउन सकिन्छ ।

नेपाल विभिन्न राज्यमा विभाजित भएको बेलामा काठमाण्डौ उपत्यका राज्यमा विभिन्न समुदायले राज्य गरे जस्तैः महिसपाल, गोपाल, किराँत, लिच्छिवी, मल्ल, शाह आदी तर पनि नेपाल उपत्यकामा नेवार समुदायले कहिले राज्य नगरेको इतिहासमा उल्लेख छ । तर यी सबै शासकलाई काठमाण्डौका बासिन्दाले काठमाण्डौमा स्थायीरुपमा बसोवास गर्ने सबै नेपालीले यहाँको सँस्कार र सस्कृति मान्न तयार भएमा यस क्षेत्रमा बस्न दिने र शासन पनि गर्न दिने शर्तमा यी सबै शासकलाई सहयोग गर्ने र राजामान्न सकिने प्रस्ताव राखेपछी ति सबै शासकले यो शर्तमानेको उल्लेख छ ।

त्यसपछी काठमाण्डौ उपत्यकामा बसोवास गर्ने सुवेदी, थापा, मल्ल, जोशी, झा, मिश्र, भण्डारी, सिंह आदी नेवार भएको मानिन्छ । त्यसपछी यी थरवाला आर्यनहरु नेवार समुदायमा समाहित भएको मानिन्छ र यिनीहरुलाइ नेवार समुदायको ब्राम्हण, क्षेत्रीय बैश्य र शुद्रमा काम अनुसार विभाजन गरेको मानिन्छ । पछी राणा शसनको बेलामा कोही मधेशमा बसोवास गदैमा मधेशी हुनुपर्ने, हिमाली क्षेत्रमा बसोवास गदैमा मंगोल, पहाडमा बस्दैमा आर्यन र काठमाण्डौमा बस्दैमा नेवार हुनुपर्ने ब्ववस्थाको अन्त्य भएको मानिन्छ ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा मिडियामा घरभाडा नदिने नेवार, घरभाडा माग्ने दलित गालिखाने बाहुन क्षेत्री भन्ने गरेको पाएको छु । यहाँनेर एउटा गहन कुरा के छ भने पछिल्लो समयमा नेपालमा यी आर्यन समुदायको ब्राम्हण क्षेत्रीलाई मात्र ब्राम्हण क्षेत्री मान्ने दुश्साहस गरिएको पाइन्छ ।

कृपया फेरी पनि ध्यान रहोस नेपालमा ४ समुदाय छ मंगोल, नेवार, आर्यन र मधेशी समुदाय । ति चारै समुदायमा ब्राम्हण, क्षेत्री बैश्य र शुद्र जाति हुन्छ । केहि समय पहिला मधेशी समुदायमा रहेको ब्रम्हण दलितविच यी छुवाछुट भयावह थियो यो समुदायमा अहिले बिस्तारै छुवाछुट सामाप्तोउन्मुख भएको देखिन्छ । नेवार समुदायमा पनि यस्ता छुवाछुट छ । यो पनि बिस्तारै समाप्तोन्मुख छ । मंगोल समुदायमा यस्ता छुवाछुटको खवर त्यती सुन्नमा आउदैन ।

अव कुरा आउछ आर्यन समुदायमा । यस आर्यन समुदायमा छुवाछुटले बढी जटील देखिन्छ र आर्यन समुदायले आफुलाई मात्र ठुलो मान्ने गरेको हुदा पनि यसै समुदायमा रहेको दलित समुदाय झन पिल्सिएको जस्तो देखिन्छ । पछिल्लो समय आर्यन समुदायको रुपा सुनार नेवार समुदायकी सरस्वति प्रधान विच जातिय भेदभावको किचलो देखिन्छ । मेरो विचारमा यो हुनु सरासर गलत हो ।

यस मुद्दामा रुपा सुनार र सरस्वति प्रधान दुवै पीडक र पिडीत हुन सक्छ । दलित भएको कारण रुपा सुनारले घर भाडामा नपाउनुमा रुपा सुनार पिडीत हुन भने । दलित भएका कारण घर भाडामा नदिने सरस्वती प्रधान पिडक हुन । यसैगरी घर भाडामा नदिएको कारण सरस्वती प्रधानलाई प्रहरी हिरासतमा पुर्याउने रुपा सुनार पिडक हुन भने चाहेर पनि पुरुष प्रधान मुलुक भएको कारण घरका अन्य सदस्यको निर्णय लिनुपर्नाका कारण रुपा सुनारलाई घर भाडामा दिन नसक्नुले सरस्वती प्रधान पारिवारीक पिडीत हुन ।

यो कुरा हामीले बेलैमा बुझनु पर्छ र सवैजना मिलेर जातिय छुवाछुटलाई जतिसक्दो चाँडो शुन्यमा झार्न सबैले रिसराग नराखि हातेमालो गरेर अघि बढ्नु पर्ने देखिन्छ ।

 

  • 196418Total reads: