सजिलो मीठो घरेलु पांग्रा फ्राइ परिकार

अङ्ग्रेजी भाषाबाट अनुवाद गरिएको जिजरार्डलाई भेन्ट्रिकुलस, ग्यास्ट्रिक मिल र गिजेरियम पनि भनिन्छ, यो एउटा अंग हो जुन केही जनावरहरूको पाचन पथमा पाइन्छ, जस्तै आर्कोसोर, गँड्यौला, केही ग्यास्ट्रोपड, केही माछा, र कखुरा आदीमा पाइन्छ । यसलाई नेपालमा पाँथ्रा भन्छन कतैकतै नेपालको केही भागमा जाँतो पनि भन्ने गरेको पाउछौ ।
एकसय ग्राम पाँग्रामा ९३ क्यालोरी शक्ति हुन्छ । यसैगरी २.१ ग्राम लिपिड, ०.५ ग्राम स्याचुरेटेड फ्याट, ०.१ ग्राम ट्रान्सफ्याट,२४० मिलीग्राम कोलेस्टोरोल, ६९ मिलीग्राम सोडियम, २३७ मिलिग्राम पोटासियम, ० ग्राम कार्वोहाइड्रेट, ० ग्राम डायट्री फाइवर, १८ ग्राम प्रोटिन, हुन्छ । यसैगरी भिटामिन सी ३.७ मिलिग्राम, क्यालसियम ११ मिलिग्राम आइरन फलाम २.५ मिलीग्राम, भिटामिन बी ६ ०।१ मिलीग्राम, भिटामिन बी १२ १.द्द मिलिग्राम म्याग्नेसियम १५ मिलिग्राम हुदे USDA (US Department of Agriculture) ले जनाएकोछ ।

यो जानकारी पछी अबलागौ चिकेन पाँग्रा परिकार बनाउन

सबैभन्दा पहिला पाँग्रा फ्राइ बनाउनको लागि आबश्यक सामाग्रीको बारेमा जानकारी लिउ ।

पाँग्रा फ्राइ बनाउन पाँग्रा, गोलभेँडा, बेसार, मीट मसाला, खुर्सानीको धुलो, हरियो खुर्सानी, नुन, जीरा धनिया मसाला, मेथी, लसुन अदुवा पेष्ट, खाने तेल र प्याज चाहिन्छ । यति भएपछी पाँग्रा फ्राइ बनाउन आबश्यक सामग्री पुरा हुन्छ ।

अबलागौ पाँग्रा फ्राइ बनाउन

सबैभन्दा पहिला पाँग्रालाई राम्रोसंग सफा गरेर यसमा टाँसिएको बोसो फालेर राम्रोसंग सफा गरौ र सफा पानीमा पखालौ यसपछी यसलाई उसिनौ । त्यतिञ्जेल प्याज, गोलभेँडा र हरियो खुर्सानी लाई काटौ । यतिञ्जेलमा पाँग्रापनि उसिनिसकिन्छ अब यसलाई फेरी पानीमा पखालेर सानोसानो टुक्रामा काटौ । यसपछी एउटा भाँडा तताएर त्यसमा मेथी राखौ मेथी रातो रातो भएपछी पाँग्रा राखेर एकछिन चलाऔ त्यसपछी बेसार राखौ फेरी चलाऔ एकैछिन । यसपछी नुन राखौ र चलाऔ । यसपछी मीट मसला, जिरा धनिका मसाला (धुला), र खुर्सानीको धुलो राखेर एकछिन चलाऔँ यसपछी लसुन अदुवाको पेष्टराखेर चलाऔँ यसपछी प्याज, खुर्सानी र गोलभेडा राखेर एकछि फ्राइ गरेपछी तयार हुन्छ चिकेन पाँग्रा फ्राई ।

चिकेन पाँग्रा फ्राइ बनाउने विधीसम्वन्धी भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

 

  • 196419Total reads: